देउवालाई समर्थन गर्ने एमाले सांसदलाई साधारण सदस्य समेत नरहने गरि कारवाही

1.3K

देउवालाई समर्थन गर्ने एमाले सांसदलाई साधारण सदस्य समेत नरहने गरि कारवाही

काँग्रेस सभापपति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने एमाले सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गरेको छ । दलीय अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कारवाही गरेको सूचना राष्ट्रपति कार्यालयलाई पठाएको हो ।
एमालेले वैकल्पिक सरकार गठनका लागि काँग्रेस सभापति देउवालाई समर्थन गरेका एमालेका २६ जना सांसदलाई कारवाही गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको हो । संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउनु भएको थियो । जसमा एमालेमा असन्तुष्ट माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका थिए ।