काँग्रेसको पदाधिकारी बैठक बस्दै

414

काँग्रेसको पदाधिकारी बैठक बस्दै

सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनीधि सभा (संसद) विघटन गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बस्ने बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाईएको छ ।
बिहान ९ बजे बस्ने आकस्मिक बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमका बारेमा छलफल हुने र आवश्यक रणनीति तय हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ । वैकल्पिक सरकारको लागि सभापति देउवाले बहुमत (१४९) सांसदको हस्ताक्षर सहित दावी प्रस्तुत गर्नुभएको थियो । राष्ट्रपतिले सभापति देउवाको दावीलाई अस्वीकार गरेपछि काँग्रेस रुष्ट भएको छ ।