राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध कानुनी लडाई लड्ने विपक्षी गठबन्धनको तयारी

531

राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध कानुनी लडाई लड्ने विपक्षी गठबन्धनको तयारी

सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले संसद विघटन गरेपछि विपक्षी दलहरु कानुनी उपचार खोज्ने भएका छन् । विपक्षी गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्रका लागि बहुमत सांसदको हस्ताक्षर सहित दावी गर्दागर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि ओली मिलेर मध्यरातमा संसद विघटन गरि संविधान र लोकतान्त्रिक मुल्यमान्यताको धज्जी उडाएको भन्दै विपक्षी गठबन्धन अदालतमा जाने निर्णय लिएका हुन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ ।