संसद विघटनप्रति पूर्वराजाको टिप्पणी : अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्

1.3K

संसद विघटनप्रति पूर्वराजाको टिप्पणी : अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्

पूर्वराजा ज्ञानेन्द्र शाहले महामारीको विषम परिस्थितीमा जनताको समस्यालाई थाँती राखेर देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र त्यसका मतियारको अपराधलाई जनताले क्षमा नगर्ने प्रतिकृया दिनुभएको छ ।
उहाँले विश्व कोरोना महामारीको विषम परिस्थितीबाट गुज्रिरहेको बेला जनताको स्वास्थ्य जस्तो विषयलाई थाति राखरे सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तिर धकेलिएको आरोप लगाउनु भएको हो ।
उहाँले शनिबार ट्वीट गर्दै भन्नुभएको छ –‘यस विश्व महामारीको संकटका बेला जनदायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल सिर्जना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाति राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।’