पत्रकार महासंघद्वारा स्व. पत्रकार चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान

1K

पत्रकार महासंघद्वारा स्व. पत्रकार चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान

नेपाल पत्रकार महासंघ रुपन्देहीले स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोरोना संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना अस्पतालमा मृत्यु भएको थियो ।
स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम स्थित निवासमा पुुगेर महासंघको टोलीले सात्वना दिदै काजकिरियाका लागि २५ हजार १ सय रुपैयाँ सहयोग गरेको हो । महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट प्रदान गरिएको उक्त सहयोग महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष पोखरेलले पत्रकार चौधरीको उपचारमा महासंघको तर्फबाट हर प्रयास गरिएको र अस्पताल तथा चिकित्सक स्वास्थ्यकर्मीले पनि उच्च प्राथमिकता दिएर उपचार गरेपति बचाउन नसकिएको बताउँदै परिवारलाई समवेदना व्यक्त गर्नुभएको थियो ।
पत्रकार महासंघ रुपन्देहीले संस्थागत रुपमा स्व. चौधरीको उपचारका लागि अस्पताल, चिकित्सकसँग आवश्यक समन्वय तथा सहयोग गरेको थियो । भेटघाट तथा सहयोग हस्तान्तरणमा उपाध्यक्ष विश्वास ढकाल, अर्का उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात तथा कार्यसमिति सदस्यहरुहरु मोहन न्यौपाने, प्रकाश पाण्डे र कमला पाण्डेको उपस्थिती थियो ।