एमालेले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

238

एमालेले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

सुदुरपश्चिम सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको पार्टीको स्थायीकमिटि बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुको साथै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वको सरकार छ । एमालेले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।