प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा अखिल क्रान्तिकारीले बुटवलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनीधि सभा विघटन गरेको बिरोध गर्दै माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले सोमबार साँझ प्रदर्शन सहित बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरिएको बिद्यार्थी नेता सपन पौडेलले जानकारी दिनुभयो ।
अखिल क्रान्तिकारी रुपन्देहीका जिल्ला संयोजक बिष्णु खत्री, जिल्ला ईञ्चार्ज रुपेश पौडेल, पूर्व जिल्ला संयोजक सपन पौडेलको नेतृत्वमा भएको प्रर्दशनका क्रममा राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध चर्को नारावाजी समेत भएको थियो ।