काँग्रेस सभापति देउवाको प्रश्न : संविधान अनुसार गर्दा कसरी निर्दलीय अभ्यास भयो ?

काँग्रेस सभापति देउवाको प्रश्न : संविधान अनुसार गर्दा कसरी निर्दलीय अभ्यास भयो ?

नेपाली काँग्रेसको कदमलाई निर्दलीय अभ्यास भन्नेहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले संविधान पढ्द सुझाव दिनुभएको छ । संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिकहाँ बुझाएको बताउँदै सभापति देउवाले त्यसमा कुनै पनि सांसद सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने रहेको दावी गर्नुभयो ।
नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा भिडियो सम्वादका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा बोल्दै सभापति देउवाले आफूले प्रस्तुत गरेको दावीलाई कुनै भेरिफाई (छानविन) नै नगरि सरकारको सिफारिसमा मध्यरातमा प्रतिनीधि सभा विघटन गरेको बताउनु भयो । ‘संवैधानिक व्यबस्था अनुसार गर्दा कसरी निर्दलीय अभ्यास भयो ?’ सभापति देउवाले प्रश्न गर्नुभयो ।
उक्त धारा अनुसार नियुक्त हुने प्रधानमन्त्रीले विश्वासको मत लिने आधार प्रस्तुत गर्नुपर्ने बताउँदै आफूले विश्वासको मत लिने आधार प्रस्तुत गरेपनि त्यसलाई छानविन सम्म नगरी राष्ट्रपतिले प्रधानमन्त्रीको आग्रहमा संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनु भयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •