जनता, पार्टी र संविधान बचाउने दायित्व काँग्रेसको काँधमा : वरिष्ठ नेता पौडेल

551

जनता, पार्टी र संविधान बचाउने दायित्व काँग्रेसको काँधमा : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले काँग्रेसको नेतृत्वमा तीनवटा दायित्व एकसाथ आएको बताउनु भएको छ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा भिडियो सम्वादका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कोरोना महामारीबाट जनता, समयमै महाधिवेशन गरेर पार्टी र कम्युनिष्ट सरकारका कारण संकटमा परेको संविधानलाई बचाउने दायित्व काँग्रेसको काँधमा आएको बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाको कष्टपूण अवस्थामा रहेका बेला रातो झण्डा हल्लाउँदै भोट माग्न जान नमिल्ने बताउनु भयो । कोरोना संक्रमणका कारण आक्रान्त बनेका जनतालाई कोरोनाबाट बचाउने दायित्वबाट सरकार च्यूत भएर चुनावलाई प्राथमिकता दिएको भन्दै उहाँले हुनै नसक्ने चुनावको बहानामा संविधान मास्ने षड्यन्त्र मात्रै भएको आरोप लगाउनु भयो ।
युनियनका सभापति बद्रि सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस संगठनका महेश्वर दाहाल, प्रेस चौतारी नेपालका गणेश बस्नेत, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।