गीतकार दिनेश खड्काको ‘खुसीको गीत’

892

गीतकार दिनेश खड्काको ‘खुसीको गीत’

कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले खुसीको गीत ल्याउनुभएको छ । कोरोनाले गर्दा मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन प्रेरित गर्न गीत ल्याइएको गीतकार खड्काले बताउनुभयो । आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न सकियोस भनेर नै गीत तयार पारेको उहाँको भनाई छ ।
गीतमा बरिष्ठ संगीतकार शुरेस सेन्चुरीले संगीत संयोजन गर्नुभएको छ । उहाँले अहिलेको परिस्थितिमा सबैको आत्मबल बढाउन संगीत निकै महत्वपूर्ण हुने भएकोले गीतमार्फत उर्जा थपिने विस्वास व्यक्त गर्नुभयो । गीतमा बिशाल आत्रेय, सरिता पन्थी, शिव बि.क. र सिमा थापाको स्वर रहेको छ । यूफोनिक स्टुडियोले तयार गरेको गीतको अडियो रेकर्ड तथा सम्पादन नरेश पाण्डेले गर्नुभएको हो ।
लाईफ एजुकेशनको प्रस्तुती रहेको म्यूजिक भिडियो भने गीतकार खड्काको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गर्नुभएको हो । यसअघि २०७२ सालको भूकम्प जादाँ समेत गीतकार खड्काले उत्साह जगाउने २ वटा गीत ल्याउनु भएको थियो ।