पहिरोका कारण बुटवल-पाल्पा सडक अवरुद्ध

589

पहिरोका कारण बुटवल-पाल्पा सडक अवरुद्ध

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिसुवामा पहिरो गएका कारण बुटवल पाल्पा सडक अवरुद्ध बनेको छ । तीनदिन देखि परेको अविरल वर्षाका कारण शनिबार पहिरो खसेको हो ।
पहिरोका कारण शनिबार बिहानै देखि सडक अवरुद्ध भएको छ । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेका कारण अन्य सवारीका साधन सञ्चालन नभएपनि बिरामी बोकेका एम्बुलेन्स, खाद्यान्न बोकेका ढुवानीका साधन प्रभावित भएका छन् ।
बिहिबार साँझदेखि यस क्षेत्रमा अविरल बर्षा भईरहेको थियो । पहिरो हटाउने काम भईरहेपनि अझै केही घण्टा समय लाग्ने बताईएको छ ।