गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले कोरोना प्रभावित विपन्न तथा दलित परिवारलाई खाद्यान्न प्रदान गरेको छ । १४ औं गणतन्त्र दिवसको अवसरमा समाजले कोरोना प्रभावित विपन्न तथा दलित परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको हो ।
यसै अवसरमा समाजले रुपन्देहीको मैनामैना नगरपालिकाको शान्तिटोल र भड्छा बस्तीका कोभिड प्रभावित विपन्न दलित ६० परिवारलाई खाद्यान्न प्रदान गरेको छ । कोभिड प्रभावित परिवारलाई चामल, कुखुराको खण्डा, आटा, चना लगाएतको पौष्टिक खाद्यान्न उपलब्ध गराइएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले जानकारी गराउनु भयो ।
कोभिड प्रभावित गरिब, दलित तथा बिपन्न परिवारलाई हातमुख जोर्न धौधौ भएको भन्ने स्थानीयबाट आएको जानकारीका आधारमा सैनामैनाका ति दुई टोलमा करिब ८० हजार बराबरको खाद्यान्न सामाग्री प्रदान गरिएको उहाँले बताउनु भयो । रातह सामाग्रि प्रदान गर्न समाजका लालहरि पाण्डे, हरिश ढकाल, बिमलराज भट्टराई, बिमल पुरी, स्थानीय जनप्रतिनिधीहरु ईश्वरी भण्डारी, देवनाराण ढकाल समाजसेवीहरु मोहदत्त ढकाल, बुद्धिराम चौधरी, पवन शर्मा, ज्ञानप्रसाद खनाल, टिकाराम चौधरी लगाएत ती बस्तीमा पुग्नु भएको थियो ।