आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट : १६ खर्ब ४७ अर्ब ५७ करोड

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट : १६ खर्ब ४७ अर्ब ५७ करोड

सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब, ४७ अर्ब ५७ करोड रुपैंया आकारको बजेट ल्याएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फ आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । यो चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैंया बढी हो । गत वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंया विनियोजन भएको थियो ।
सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, बित्तिय व्यबस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश तथा स्थानीय तहलाई बित्तिय हस्तान्तरण तर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैंया विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनु भयो ।
सरकारले आगामी वर्षमा राजश्व संकलनको लक्षमा समेत बृद्धि गरेको छ । सरकारले राजश्वबाट १० खर्ब २४ अर्ब रुपैंया संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै बैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको छ भने बिदेशी बिकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैंया ऋण लिईने अर्थमन्त्री पौडेलले बताउनु भयो । त्यसबाट पनि नपुग हुने २ खर्ब ५० खर्ब आन्तरिक ऋण लिईने उहाँले बताउनु भयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •