लायन्स क्लव अफ बुटवलद्वारा पत्रकारलाई खाद्यान्न प्रदान

935

लायन्स क्लव अफ बुटवलद्वारा पत्रकारलाई खाद्यान्न प्रदान

लायन्स क्लव अफ बुटवल र लायनेश क्लव अफ बुटवलले रुपन्देहीका पत्रकारहरुलाई खाद्यान्न प्रदान गरेका छन् । कोरोना भाईरस संक्रमणका कारण मृत्यु वरण गरेका लायन्स क्लव अफ बुटवलका सदस्य सतिसचन्द्र गुप्ता र अनिसकुमार ह्योजुको सम्झनामा पत्रकार महासंघ रुपन्देहीलाई खाद्यान्न प्रदान गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष संजय जयसवालले बताउनु भयो ।
कोरोना भाईरस संक्रमणका कारण उहाँहरु दुबै जनाको उपचारका क्रममा हालै ज्यान गएको थियो ।
कोरोना भाईरस महामारीका कारण सरकारले निषेधाज्ञा गरेपछि संकटमा परेका पत्रकारलाई राहत प्रदान गर्नको लागि खाद्यान्न प्रदान गरिएको लायनेश क्लव अफ बुटवलकी अध्यक्ष मिश्रा श्रेष्ठले बताउनु भयो । उक्त खाद्यान्न क्लवका अध्यक्ष जयसवालले महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई आईतबार हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले बिभिन्न स्थानबाट दाताहरुले खाद्यान्न सहयोग गरेको र त्यसरी संकलन गरिएको खाद्यान्न महासंघका सदस्यहरुलाई वितरण गरिने जानकारी गराउनु भयो ।