सरकारको बिरोधमा बयलगाढा प्रदर्शन

1.3K

सरकारको बिरोधमा बयलगाढा प्रदर्शन

प्रधानमन्त्री केपि ओलीलाई व्यंग्य गर्दै नेपाल बिद्यार्थी संघले बुटवलमा बयलगाढा प्रदर्शन गरेको छ । २०६२/०६३ को जनआन्दोलन चर्किरहँदा ओलीले ‘बयलगाढा चढेर अमेरिका पुगिदैन’ भन्ने अभिव्यक्त दिनुभएको थियो ।
दोस्रो पटक संसद विघटनको विषयलाई लिएर देशभर बिरोध भईरहँदा नेबिसंघले प्रधानमन्त्रीको पुरानो अभिव्यक्तिलाई लिएर व्यंग्य सहित सांकेतिक बिरोध गरेको हो । नेबिसंघले बुटवलको वडा नं. १२ र १३ मा पर्ने तामनगरमा बयलगाढा प्रदर्शन गरेको हो ।
नेपाल बिद्यार्थी संघका नेताहरुले गरेको बयलगाढा प्रदर्शनमा प्रधानमन्त्री ओली सहित राष्ट्रपति विद्यादेवी भण्डारीको समेत फोटो बयलगाढामा राखिएको थियो । त्यसवखत नेबिसंघका नेताहरुले कार्यान्वयन र रक्षा गर्ने दायित्वमा रहेका प्रधानमन्त्री र राष्ट्रपतिबाटै संविधान खतरामा परेको भन्दै संविधानलाई धाराशायी बनाउने प्रधानमन्त्री नचाहिने बताएका थिए ।