प्रधानमन्त्री केपि ओलीको मन्त्रिमण्डलमा को को भित्रिए ? को को बाहिरिए ?

477

प्रधानमन्त्री केपि ओलीको मन्त्रिमण्डलमा को को भित्रिए ? को को बाहिरिए ?

प्रधानमन्त्री केपि शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउनु भएको छ । सरकारमा रहेका एमालेका १२ मन्त्रीलाई बिदा गर्दै उहाँले जनता समाजवादी पार्टीको महन्थ ठाकुर राजेन्द्र महतो पक्षका १३ जनालाई सरकारमा समेट्नु भएको हो । आफ्नो पार्टीका १२ जना मन्त्रीलाई बिदा गर्दै संघीय समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई सरकारमा समावेश गरेपछि प्रधानमन्त्री ओलीको मन्त्रिमण्डल १७ सदस्ययी भएको छ ।
प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलमा जसपाका १० र सत्तारुढ दल एमालेका २ गरि १२ जनालाई भित्र्याउनु भएको हो । जसमा सत्तारुढ दलबाट रघुबिर महासेठलाई उपप्रधान सहित परराष्ट्र र जनता समाजवादी पार्टीका राजेन्द्र महतोलाई उपप्रधान सहित शहरी बिकास मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तैगरी अर्थमन्त्री रहेका बिष्णु पौडेललाई अर्थ सहित उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ ।
ओलीले जसपाका शरदसिंह भण्डारीलाई उर्जा, जलस्रोत तथा सिंचाइ, अनिलकुमार झालाई खानेपानी, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै सत्तारुढ एमालेका शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिईएको छ । जसपाका चन्द्रकान्त चौधरीलाई उर्जा तथा रेनुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।
जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउनको लागि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकलाई बिदा गरिदिनुभएको हो ।
मौजुदा मन्त्रिपरिषदका अर्थमन्त्री पौडेलसहित भौतिक पूर्वाधार बिकास मन्त्री बसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लिलानाथ श्रेष्ठको पद जोगिएको छ ।