उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार टिआर शर्मालाई

918

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार टिआर शर्मालाई

नेपाल पत्रकार महासंघले यो वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गर्ने भएको छ । वरिष्ठ पत्रकार नारायण सापकोटाद्वारा स्थापित उक्त पुरस्कार मुल्यांकन समितिको सिफारिसका आधारमा ‘उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७’ पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको सचिवालय बैठकले पुरस्कार मुल्यांकन समितिको सिफारिसलाई अनुमोदन गरेको हो । प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा गठिन मुल्यांकन समितिमा लेखक युवराज कंडेल र डिभिजन बन कार्यालयका प्रतिनीधि राजन खड्का सदस्य रहनु भएको थियो ।
प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवसका दिन प्रदान गरिने यो पुरस्कार कोरोना महामारीका कारण यो वर्ष पछि वितरण गरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताउनु भयो । वातावरणका बिषयमा पत्रकारलाई प्रेरित गर्न भैरहवा निवासि पत्रकार सापकोटाले पुरस्कार स्थापना गर्नुभएको हो । उक्त पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।