पत्रकारलाई सम्वद्ध संस्थाको सहयोग

1.3K

पत्रकारलाई सम्वद्ध संस्थाको सहयोग

कोरोना महामारिको बेला समस्यामा परेका पत्रकारहरुलाई पत्रकार सम्बद्ध संघसंस्थाले सहयोग गरिरहेका छन् । यसैबिच नेपाल पत्रकार महासंघ रूपन्देही र लुम्बिनी प्रेस क्लबले संयुक्त रुपमा रुपन्देहीका ग्रामिण क्षेत्रका पत्रकारहरुलाई सहयोग थालनी गरेका छन् ।
दैनिक उपभोग्य खाद्य सामग्रि र मास्क स्यानेटाईजहरु सहयोग स्वरुप पत्रकारहरुलाइ उपलब्ध गराईएको नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य सलमान खानले बताउनु भयो । निषेधाज्ञाको कारण समस्यामा परेका पत्रकारहरुलाई खाद्यान्न सहित स्वास्थ्य सामाग्रि उपलब्ध गराईको हो ।
पत्रकार महासंघ रुपन्देहीको समन्वयमा भैरहवा सहित दक्षिणी क्षेत्रमा रहेका ४१ जना पत्रकारलाई लुम्बिनी प्रेस क्लबले कोशेलि भेट कार्यक्रम अन्तरगत पत्रकारहरुकै घरमा पुगि स्वास्थ्य सामाग्रि र खाद्यान्न उपलब्ध गराएको छ । नेपाल पत्रकार महासंघले पनि समस्यामा परेका सदस्यहरुलाई खाद्यान्न सहयोग गरिरहेको छ ।
पछिल्लो समय नेपाल पत्रकार महासंघ रूपन्देही र लुम्बिनी प्रेस क्लबले जिल्लामा कुनै पत्रकारलाई समस्या परेमा सहयोग गर्ने नीति अनुसार रुपन्देहीका पत्रकारहरुलाई सहयोगको थालनी गरेको हो । नेपाल पत्रकार महासंघ रूपन्देहिका अध्यक्ष रामराज पोखरेलले कुनैपनि पत्रकारलाई खाद्यान्नको, स्वास्थ्य सामग्रिको समस्या परे जानकारि गराउन समेत अनुरोध गर्नुभएको छ ।