अध्यक्ष ओलीलाई नेता नेपालको जवाफ : पहिले संसद विघटन गर्ने निर्णय फिर्ता होस्

1.3K

अध्यक्ष ओलीलाई नेता नेपालको जवाफ : पहिले संसद विघटन गर्ने निर्णय फिर्ता होस्

पार्टी एकताको लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग सहित सर्बोच्चमा दिएको रिट निवेदनबाट फिर्ता हुनुपर्ने सर्त सहितको एमाले अध्यक्ष केपि ओलीको प्रस्तावलाई अस्वीकार गरेको माधव नेपाल समुहले त्यसको लागि संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने प्रत्युत्तर दिने भएको छ ।
एमाले माधवकुमार नेपाल समुहको आज बसेको स्थायी कमिटि बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी एकताका लागि नभई आफूहरुलाई आत्मसमर्पण गराउने नीति अनुसार उक्त प्रस्ताव आएको निकर्ष सहित ओलीले प्रस्ताव गरेका ६ वटै बुदाको लिखित खण्डन गर्ने निर्णय गरेको हो ।