नेपालमा पूर्वी भूभागबाट यो वर्षको मनसुन भित्रिएको छ । बंगालको खाडी आसपासमा विकशित भएको न्यूनचापीय क्षेत्रका कारण शुक्रबारदेखि नेपालका पूर्वी भूभागहरु १ नं. प्रदेश, २ नं. प्रदेश र बागमती प्रदेशमा मनसुन भित्रिएको जल तथा मौषम बिज्ञान विभागले जनाएको छ ।
१ दिन ढिलागरी गरी नेपाल भित्रएको मनसुन १ दुई दिनमै देशभर फैलिने र आगामी सातासम्ममा मनसुन सक्रिय हुने विभागले जनाएको छ । मनसुन सक्रिय हुनासाथ देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
सामान्यतया नेपालमा १० जुनमा मनसुन प्रवेश गर्दछ । यो वर्ष १ दिन ढिला गरि जुन ११ मा मनसुन नेपाल भित्रिएको हो । नेपालमा जुन १० देखि सेप्टेम्बर १० सम्मको ४ महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । यो अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुने गर्दछ ।
यो वर्ष सरदर भन्दा बढी बर्षा हुने पूर्वानुमान गरिएको छ । सामान्यतया सरदर वर्षा भन्नालले स्थान विशेषको लामो समय (करिव ३० वर्ष)को औषत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशत देखि ११० प्रतिशत सम्म वर्षालाई सामान्य मानिन्छ भने त्यो भन्दा कम वा बढी भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।
यो वर्ष सरदर भन्दा बढी बर्षा हुने पूर्वानुमान गरेको जल तथा मौषम बिज्ञान बिभाग मौषम पूर्वानुमान महाशाखाले बिशेष बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन अपिल गरेको हो छ । त्यस्तै मनसुनलाई निरन्तर अनुगमन गरिरहेको बताउँदै अद्यावधिक मौषमी सूचना लिन समेत आग्रह गरिएको छ ।