भारतबाट आएका मजदुरको उद्धारमा प्युठानका पोखरेल

794

भारतबाट आएका मजदुरको उद्धारमा प्युठानका पोखरेल

बिमलप्रसाद पोख्रेल / 

रोजगारिको शिलसिलामा भारतमा गएका प्युठानि मजदुरहरु कोभिड १९ को दोर्साे लहरका कारण भारतमा काम नचलेपछि दिन प्रतिदिन स्वदेश फर्किन थालेका छन् । भारतबाट जनतन नेपालको कृष्णनगर बर्डर नाकाहरुमा आएर अलपत्र परेका ती मजदुरहरुको उद्वारमा प्युठानका एक समाजसेवी युवा प्रमोद पोख्रेल लागि परेका छन् । उनले मानब सेबा नै सबैभन्दा ठुलो धर्म भएको भन्दै दुई वटा गाडि लिएर कृष्णनगर आफै पुगेका छन् । निजि सवारी साधनबाट जिल्ला भित्रिएका मजदुरहरुलाई गाउगाउमा पुराउदा स्वयम् आफै कोभिडको संक्रमित भए । एक महिना लामो कोरोनासंगको युद्ध जितेपछि पुन पोखरेल जनताको सेवामा लागेका हुन् । अलपत्र मजदुरलाई निशुल्क उद्वारमा लागेका छन ।
शनिबार भारतको विभिन्न स्थानबाट आएर कपिलबस्तुको कृष्णनगर बोर्डरमा अलपत्रपरेका दर्जनौ मजदुरहरुलाई लिन प्युठानबाट एउटा बस र आफ्नो निजि साधन लिएर उनी बोडरमा पुगेमा हुन् । दुई तीन दिन अघि देखि आएर सिमा नाकामा बसेका प्युठानी मजदुर र आउदै गरेका मजदुरलाई निशुल्करुपमा जिल्लामा भित्राई गाउगाउमा पुराएका छन् ।
उनी बोडरमा पुग्दा मजदुरहरुको खुसिको सिमानै थिएन सबैसंग सामाजिक दुरि कायम राखि कोभिड महामारीको बारेमा सचेत र सजग रहन आग्रह गर्दै बसमा चढ्न लगाएका हुन् । जिल्ला स्थित स्थानीय सरकारले गत बर्ष कोभिडका कारण भारत बाट नेपाल भित्रिएका मजदुरहरुलाई टिप्परमा बोकेको तस्बिर सामाजिक संजालमा निकै भाईरल र आलोचित बनेका थिए । संबन्धित सरोकारबाला निकाय यो बर्ष जिल्ला कोभिडको उच्च जोखिममा परेकोले मानव उद्धारमा खटिएको देखिदैन ।
पोखरेले गत बर्ष काठमाडौंमा अलपत्र परेका मजदुर तथा बिद्यार्थीको उद्वार गरेका थिए । यसरी महामारीका बेला सामाजिक दुरि कायम राखि माक्स सेनिटाईजर प्रयोग गरि मानव उद्धारमा लागेका पोख्रेललाई देश बिदेशमा रहेकाले सामाजिक संजालमा धन्यवाद ब्यक्त गरेका छन् । भारतबाट नेपाल फर्कने प्युठानीहरु समुहमा आएमा आफुले लगातार उद्धार गर्ने पोखरेलले बताए । पोखरेल नेपाली काँग्रेस प्युठानबाट महाधिवेशन प्रतिनिधि हुन् । उनी गएको निर्वाचनमा प्युठानको झिमरुक गाउपालिकामा अध्यक्ष पदमा चुनाब लडेका थिए । चुनाब जितेकाहरु गुमनाम हुदा चुनाबबाट पराजित भएका पोख्रेल निरन्तर सामाजिक कार्यमा लाग्दा सबैका धन्यवादका पात्र बनेका छन् ।