लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम पारित भएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷६९ को लागि प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराउनु भयो ।
सरकारको तर्फबाट यहि जेठको २५ गते प्रदेश सभामा प्रदेश प्रमख धर्मनाथ यादवले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति कार्यक्रम माथि उठेका जिज्ञाशामा आईतबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सभामुख घर्तीले सभामा निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेशको स्थायी राजधानी भालुवाङको पूर्वाधार बिकास सहित स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ ।