लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड : स्वास्थ्य, कृषि सहित राजधानीलाई प्राथमिकता

720

लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड : स्वास्थ्य, कृषि सहित राजधानीलाई प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ४० अर्ब ९५ करोडको बजेट प्रस्तुत गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले मंगलबार प्रदेश सभामा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनु भएको हो । त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्ष भन्दा ३ अर्बभन्दा बढीको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेट ३७ अर्ब ३५ करोडको थियो ।
कोरोना महामारीका बिच सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको छ । बजेटमा स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रलाई प्राथमिकता दिँदै आगामी वर्षको बजेट ल्याएको हो । त्यस्तै गरी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी)मा पूर्वाधार बिकासलाई पनि प्राथमिकता दिईएको छ । आगामी आर्थिक वर्षको सुरुदेखि नै काम हुनेगरी प्रदेश राजधानी पूर्वाधार बिकासको लागि आवश्यक बजेट छुट्याएको मन्त्री चौधरीले बताउनु भयो । बजेट प्रस्तुतीका क्रममा मन्त्री चौधरीले सरोकारवालासंगको छलफल र परामर्शमा बजेट बिनियोजन गरेको जानकारी गराउँदै बजेटमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारलाई प्राथमिकता दिईएको बताउनु भयो ।

Lumbini Budget 207879