गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

1.3K

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनु भएको छ । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वासको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो । शुक्रबार भएको प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनु भएको थियो ।
मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ सांसदले मतदान गरेका थिए । ५८ सांसद मतदानमा सहभागि भएकोमा २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए । काँग्रेस नेता पोखरेल नेपाली काँग्रेस सहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङ्गेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।