भारतीय सेनामा महिला भर्तीका विषमा भएका टिकाटिप्पणी प्रति महासंघको आपत्ती

1.3K

भारतीय सेनामा महिला भर्तीका विषमा भएका टिकाटिप्पणी प्रति महासंघको आपत्ती

संयुक्त भुपू सैनिक एवं प्रहरी कल्याणकारी महासंघले भारतीय सेनामा नेपाली महिला भर्तीको विषयलाई लिएर भएका टिका टिप्पणी प्रति आपत्ती प्रकट गरेको छ । महासंघले एक विज्ञप्ती प्रकाशित गरि उक्त टिकाटिप्पणी प्रति आपत्ती प्रकट गर्दै खेद व्यक्त गरेको हो ।
भारतीय सेनाको वेबसाईटमा गत जेठ १४ गते सय जना नेपाली महिलालाई भर्तीमा चान्स दिने विषय प्रकाशित भएको थियो । यद्यपी उक्त सूचना बाईमिस्टेक आएको भन्दै भारतीय सेनाले सच्चाइसकेको उल्लेख गरिएको छ । उक्त विषयप्रति नेपालमा टिकाटिप्पणी भएका थिए ।
महासंघका अध्यक्ष कर्णेल धनबहादुर थापा र महासचिव सुवेदार कुलबहादुर केसीले संयुक्त रुपमा बिज्ञप्ती प्रकाशित गरि त्यसप्रति भएका टिकाटिप्पणीको आलोचना गर्नुभएको हो ।