बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नीति, कार्यक्रम तथा बजेटमा सम्बोधनको लागि बुटवल उपमहानगरपालिकालाई सुझाव दिएको छ । संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, उद्योग उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य सुरज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको टोलीले बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई भेटेर लिखित रुपमा सुझाव दिएको हो ।
संघको ६७ औं वार्षिक साधारण सभामा प्रारित प्रस्तावका आधारमा स्थानीय कर, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य, स्थानीय आर्थिक बिकास लगायत समसायिक विषयमा सुझाव दिईएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो ।
संघले स्थानीय करका सम्बन्धमा स्थानीय तहले लिदै आएको बहाल कर आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र बुझाउने व्यवस्था मिलाउन, बुटवल उपमहानगर क्षेत्र भित्र निजी स्वामित्वमा रहेको जग्गामा वा लिजमा लिई स्थापना हुने उद्योगहरुमा न्यूनतम ५ वर्ष सम्म बहाल कर र व्यवसाय कर छुटको व्यबस्था मिलाउन र कोभिड १९ ले व्यवसायीक क्षेत्रमा परेको प्रभावलाई ध्यानमा राख्दै व्यवसायीक करमा छुट प्रदान गर्ने व्यवस्थाको लागि नगरपालिकालाई आग्रह गरेको छ ।
त्यस्तै पर्यटन तर्फ बुटवल तथा सेरोफेरोमा रहेका पर्यटकीय स्थलहरुको पहिचान, प्रवद्र्धनको लागि पर्यटन सूचना केन्द्रको स्थापना तथा त्यसमा निजी क्षेत्रको तर्फबाट बुटवल उद्योग बाणिज्य संघलाई सहभागि गराउन आग्रह गरिएको छ । बुटवललाई पर्यटनको गन्तव्यको रुपमा विकासको लागि पर्यटकीय वस्तुको विकास गर्ने, पर्यटकीय दृष्टीकोणबाट महत्वपुर्ण क्षेत्रहरुको क्रमश विकास गर्दै जाने ठोस नीति बनाउन तथा यस क्षेत्रको पर्यटन विकासको लागि प्रादेशिक कार्यालयको हैसियतमा नेपाल पर्यटन बोर्डको कार्यालय बुटवलमा स्थापना गर्नको लागि आग्रह गरिएको छ ।
कृषि तर्फ बुटवल स्थित थोक फलफुल तथा तरकारी बजार केन्द्रलाई शितभण्डार सहितको तरकारी तथा फलफुलको थोक मण्डीको रुपमा रुपान्तरण गर्न, तिनाउ र दानव नदी छुट्टिएको स्थाललाई ड्याम बनाई जलाशय निर्माण गरी सुख्खायाममा खेतीयोग्य जमिनलाई सिंचाईको व्यवस्थापन मिलाउन सम्बन्धित निकायमा आवश्यक पहल गर्न आग्रह गरिएको छ ।
शिक्षा तथा स्वास्थ्य तर्फ बुटवल भित्र रहेका विभिन्न अस्पताल तथा क्लिनीकहरुबाट उत्पादन हुने औषधीजन्य फोहोरमैला व्यवस्थापन गर्न थ्रीपीको अवधारण अनुरुप बुटवल उद्योग वाणिज्य संघ समेतको सहकार्यमा कार्यक्रम अगाडी बढाउन र बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक बिश्व बिद्यालयको रुपमा विकास गर्न आग्रह गरिएको छ ।
त्यस्तै स्थानीय आर्थिक बिकासका सन्बन्धमा बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको रुपमा विकास गर्नका लागि मोतीपुर लगायत अन्य औधोगिक क्षेत्र विकास तथा संचालनको लागि अपनत्व लिई यथाशिघ्र कार्य अघि बढाउन र उक्त औधोगिक क्षेत्रमा शिक्षा, मजदुर स्वास्थ्य तथा सामाजिक सम्बन्धका लागि निजी क्षेत्रलाई करिब १० बिगाहा जग्गा उपलब्ध गराउन आग्रह गरिएको छ ।
बुटवलको समष्टिगत समाबेशी आर्थिक विकासको लागि प्राथमिकताका क्षेत्र औधोगिक विकास, व्यापार, पर्यटन, कृषि, यातायात आदीलाई आवधिक रणनीतिक योजना समाबेश गरी सोही अनुसारको कार्यक्रम तथा नीति मार्फत प्रवद्र्धन गर्न अनुरोध गरिएको छ । बुटवलको पहिचान बोकेको अटो भिलेज क्षेत्र बाहेकका वडा नं. १ र २ मा निश्चित अवधिको लागि आयकर तथा व्यवसाय कर छुट दिई सेवा र कुटिर उद्योगहरुको स्थापना गरी सो क्षेत्रलाई पर्यटकिय क्षेत्रमा रुपमा विकास गर्न माग गरिएको छ ।
दैवीप्रकोपबाट तत्कालिन राहतका लागि आम बुटवलबासीले नगर बजार क्षेत्र भित्र खुला पार्क क्षेत्रको अभाव महशुस गरिरहेको र त्यसको परिपूर्तिको लागि लुम्बिनी प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालदेखी उत्तरतर्फ रहेको स्थानलाई खुला पार्कको रुपमा विस्तार गर्न माग गरिएको छ । बुटवल उद्योग बाणिज्य संघले बिगत सञ्चालन गर्दै आएको नवउद्यमशाला कार्यक्रमलाई संस्थागत गर्दै नियमित संचालनको लागि उद्यमशिलता कोष उपलब्ध गराउन आग्रह गरिएको छ ।
त्यस्तैगरी संघले बुटवल–वेलहिया व्यवसायिक मार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ८, ९, ६, ३ र ४ सडक अन्तर्गतको सर्भिसलेनलाई १९ फुटबाट २७ फुट कायम गराउन पहल गर्न, सिद्धार्थ राजमार्गको ८२ फुट बिस्तार गर्ने क्रममा पसल तथा घर भत्काउंदा धेरै नोक्सानी व्यहोर्नु परेको तथा व्यवसाय पुनः संचालन गर्न सडक पुर्ण रुपले निमार्ण नहुंदासम्म व्यवसायहरु अवरोध हुने हुदां सो अबधीसम्म बुटवल उपमहानगरपालिकाले लिने व्यवसाय कर पुर्ण रुपले छुट हुनुपर्ने, कोभिड–१९ को प्रभावको आधारमा व्यवसायीक करका साथै वहाल करमा छुट गर्न, अर्थतन्त्रको अग्रपंतीमा रही कार्य गर्ने उद्योगी, व्यवसायी, श्रमिक तथा कर्मचारीहरुलाई कोभिड १९ बिरुद्धको खोपको यथाशिघ्र व्यवस्था गर्न समेत माग गरिएको छ ।
साना व्यवसायीहरुलाई पुनः व्यवसाय शुरुवातका लागि संस्थाको जमानीमा सहुलियतपुर्ण ऋण व्यवसाय प्रवद्र्धन कोषबाट प्रदान गर्ने व्यवस्थाको मिलाउन, एकिकृत शहरीकरणको परियोजना सहित रोहिणी देखी तिनाउ नदी बिचको भागमा हालको सिद्धार्थ राजमार्गको समानन्तर हुने गरी नयां राजमार्गको परिकल्पना गरि योजना निमार्ण गर्न आग्रह गरिएको छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र खानेपानीको समस्या विकराल बन्दै गईरहेकोले त्यसको अन्त्य गरी शुद्ध, सहज, स्थायी तथा भरपर्दो खानेपानी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
बुटवलको नीति तथा कार्यक्रम र बजेटमा पार्कीङ् समस्या समाधान हुनेगरी व्यबस्था मिलाउन, चोरी, लुटपाटलाई रोकी शान्ति सुरक्षा कायम गर्नका शहरी क्षेत्रमा सिसिटिभी क्यामेरा राख्ने व्यवस्थापन मिलाउन, सार्वजनिक स्थानहरुमा मोवाइल शौचालयको व्यवस्थापन मिलाउन समेत ध्यानाकर्षण गराईएको बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको
बुटवल उपमहानगरपालिकाको आ.ब २०७८।७९को बार्षिक नीति, कार्यक्रम तथा बजेटमा समाबेशको लागि सुझावहरुस्थानीय कर सम्बन्धमा
१ स्थानीय तहले लिदै आएको बहाल कर आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र बुझाउने व्यवस्थाका लागि अनुरोध गर्दछौं ।
२ बुटवल उपमहानगर क्षेत्र भित्र निजी स्वामित्वमा रहेको जग्गामा वा लिजमा लिई स्थापना हुने उद्योगहरुमा न्यूनतम ५ वर्ष सम्म बहाल कर र व्यवसाय कर छुट व्यवस्थाका लागि अनुरोध गर्दछौं ।
३ कोभिड १९ को व्यवसायीक क्षेत्रमा परेको प्रभावलाई ध्यानमा राख्दै व्यवसायीक करमा छुट प्रदान गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछौ ।पर्यटन सम्बन्धमा
१ बुटवल तथा यसको सेरोफेरोमा रहेका पर्यटकीय स्थलहरुको पहिचान, प्रवद्र्धन र प्रयोगका लागि बुटवलमा पर्यटन सूचना केन्द्रको स्थापनाका लागि पहल गर्न अनुरोध गर्दै, यस्ता मञ्चहरुमा निजी क्षेत्रको तर्फबाट बुटवल उद्योग बाणिज्य संघलाई सहभागिता गराउन समेत अनुरोध गर्दछौ ।
२ बुटवललाई पर्यटकहरुको गन्तव्यको रुपमा विकासको लागि पर्यटकीय वस्तुको विकास गर्ने, पर्यटकीय दृष्टीकोणबाट महत्वपुर्ण क्षेत्रहरुको क्रमश विकास गर्दै जाने ठोस नीतिको लागि, अनुरोध गर्दछौ ।
३ यस क्षेत्रको पर्यटन विकासको लागि प्रादेशिक कार्यालयको हैसियतमा नेपाल पर्यटन बोर्डको कार्यालय बुटवलमा स्थापनाको पहलको लागि अनुरोध गर्दछौ ।कृषि सम्बन्धमा
१ बुटवल स्थित थोक फलफुल तथा तरकारी बजार केन्द्रलाई शितभण्डार सहितको तरकारी तथा फलफुलको थोक मण्डीको रुपमा रुपान्तरणको लागि अनुरोध गर्दछौ ।
२ तिनाउ र दानव नदी छुट्टिएको स्थाललाई ड्याम बनाई जलाशय निर्माण गरी सुख्खायाममा खेतीयोग्य जमिनलाई सिंचाईको व्यवस्थापन मिलाउन सम्बन्धित निकायमा आवश्यक पहलको लागि अनुरोध गर्दछौं ।शिक्षा तथा स्वास्थ्य सम्बन्धमा
१, बुटवल भित्र रहेका विभिन्न अस्पताल तथा क्लिनीकहरुबाट उत्पादन हुने औषधीजन्य फोहोर पदार्थलाई व्यवस्थापन गर्न थ्री पी को अवधारण अनुरुपबुटवल उद्योग वाणिज्य संघ समेतको सहकार्यमा कार्यक्रम अगाडी बढाउन स्थानीय तह बुटवल उपमहानगरपालिकालाई अनुरोध गर्दछौं ।
२, बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक बिश्व बिद्यालयको रुपमा विकास गर्न अनुरोध गर्दछौ ।स्थानिय आर्थिक विकास सम्बन्धमा
१, बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको रुपमा विकास गर्नका लागि मोतीपुर लगायत अन्य औधोगिक क्षेत्र विकास तथा संचालनको लागि जिम्मेबारी निकायहरुले अपनत्व लिई यथाशिघ्र कार्य अघि बढाउन अनुरोध गर्दछौ । साथै उक्त औधोगिक क्षेत्रमा शिक्षा, मजदुर स्वास्थ्य तथा सामाजिक सम्बन्धका लागि निजी क्षेत्रलाई करिब १० बिगाहा जग्गा उपलब्ध गराउन अनुरोध गर्दछौ ।
२, बुटवलको समष्टिगत समाबेशी आर्थिक विकासको लागि प्राथमिकताका क्षेत्र औधोगिक विकास, व्यापार, पर्यटन, कृषि, यातायात आदीलाई आवधिक रणनीतिक योजना समाबेश गरी सोही अनुसारको कार्यक्रम तथा नीति मार्फत प्रवद्र्धन गर्न अनुरोध गर्दछौ ।
३, बुटवलको पहिचान बोकेको अटो भिलेज क्षेत्र बाहेकका वडा नं. १ र २ मा निश्चित अवधीका लागि आयकर तथा व्यवसाय कर छुट दिई सेवा र कुटिर उद्योगहरुको स्थापना गरी सो क्षेत्रलाई पर्यटकिय क्षेत्रमा रुपमा विकास गर्न बुटवल उपमहानगरपालिका समक्ष अनुरोध गर्दछौं ।
४, दैवीप्रकोपबाट तत्कालिन राहतका लागि आम बुटवलबासीले नगर बजार क्षेत्र भित्र खुला पार्क क्षेत्रको अभाव महशुस गरिरहेको सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालदेखी उत्तरतर्फ रहेको स्थानलाई खुला पार्कको रुपमा विस्तार गर्न सम्बन्धित निकायमा अनुरोध गर्दछौं ।
५, बुटवलका मुख्य व्यवसायिक क्षेत्रमा बिशिष्टिकृत बजार व्यवस्थापन मार्फत बजार बिस्थापनलाई रोक्ने प्रयासको लागि नीति निमार्णका लागि अनुरोध गर्दछौ ।
६, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही ले बिगत एक बर्ष देखी उद्यमशिलता विकास तथा नवप्रवद्र्धनलाई बढावा दिने उद्देश्यका साथ शुरुवात गरेको नवउद्यमशाला कार्यक्रम संचालन गरिआएको छ । तर्सथ, उक्त कार्यक्रमलाई संस्थागत गर्दै नियमित संचालनको लागि उद्यमशिलता कोष उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।सम–सामयिक सम्बन्धमा
१, बुटवल–वेलहिया व्यवसायिक मार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ८, ९, ६, ३ र ४ सडक अन्तर्गतको सर्भिसलेनलाई १९ फुटबाट २७ फुट कायम गराउन सम्बन्धित निकायमा अनुरोध गर्दछौं ।
२, सिद्धार्थ राजमार्गको ८२ फुट बिस्तार गर्ने क्रममा पसल तथा घर भत्काउंदा धेरै नोक्सानी व्यहोर्नु परेको तथा व्यवसाय पुनः संचालन गर्न सडक पुर्ण रुपले निमार्ण नहुंदासम्म व्यवसायहरु अवरोध हुने हुदां सो अबधीसम्म बुटवल उपमहानगरपालिकाले लिने व्यवसाय कर पुर्ण रुपले छुट हुनुपर्ने अनुरोध गर्दछौं ।
३, काभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप बिगत ४५ दिन देखी बन्दाबन्दीको अवस्थामा रहेको छ । अत्यावश्यक वस्तु तथा औषधी बाहेक अन्य क्षेत्रहरु संचालनमा नआएको अवस्था छ । बिशेष गरी आथित्य क्षेत्र (होटल, रेष्टुरेण्ट,पार्टी प्यालेस), मनोरन्जन क्षेत्र, तालिम, व्यूटीपार्लर, स्कुल, कलेज, यातायात, हाटबजार व्यवसायी, अनौपचारिक क्षेत्रका व्यवसायीहरु अत्याधिक प्रभाबित रहेका छन् । तसर्थ, प्रभावको आधारमा व्यवसायीक करका साथै वहाल करमा छुट प्रदानका लागि अनुरोध गर्दछौ ।
४, कोभिड १९ को संक्रमणका कारण सामाजिक तथा आर्थिक क्षेत्रमा अपुरणीय क्षति भएको नर्कान सकिदैन् । बिशेष गरी पर्यटन, होटल, यातायात लगायत अन्य क्षेत्रमा ज्यालादारी गर्ने श्रमिक, कर्मचारी, उद्योगी व्यवसायीको आयमा गम्भिर प्रभावको कारण गरिवीमा बृद्धि समेतको आंकलन गरिएको छ । अर्को तर्फ लामो बन्दको कारण बैंक ब्याज, घरभाडा, कर, राजश्व, कर्मचारी खर्च आदीको भुक्तानी गर्नुपर्ने दवावका कारण उद्योगी, व्यवसायीहरु अत्यन्तै मर्कामा परेका छन् ।जीर्ण भएको स्थानीय अर्थतन्त्र चलायमान पार्दै लयमा फर्काउन र स्थानीय सरकारका आर्थिक लक्ष्यलाई पुरागर्न समेत व्यवसायीे बर्गलाई खोपको प्राथमिकतामा राख्नुपर्ने हुन्छ । तर्सथ, अर्थतन्त्रको अग्रपंतीमा रही कार्य गर्ने उद्योगी, व्यवसायी, श्रमिक तथा कर्मचारीहरुलाई कोभिड १९ बिरुद्धको खोपको यथाशिघ्र व्यवस्थाको लागि अनुरोध गर्दछौ ।
५, साना व्यवसायीहरुलाई पुनः व्यवसाय शुरुवातका लागि संस्थाको जमानीमा सहुलियतपुर्ण ऋण व्यवसाय प्रवद्र्धन कोषबाट प्रदान गर्ने व्यवस्थाको लागि अनुरोध गर्दछौ ।
६, बुटवल उपमहानगरपालिकालाई महानगरपालिका अनुरोध गर्दा बुटवल वरपरका नगर÷पालिकाहरु समेत समावेश गरी महानगरपालिका घोषणा गर्न संघिय सरकारलाई अनुरोध गर्दछौं । एकिकृत शहरीकरणको परियोजना सहित रोहिणी देखी तिनाउ नदी बिचको भागमा हालको सिद्धार्थ राजमार्गको समानन्तर हुने गरी नयां राजमार्गको परिकल्पना यथाशिघ्र गर्दै योजना निमार्णका लागि अनुरोध गर्दछौ ।
७, बुटवल उपमहानगरपालिका क्षेत्र भित्र खानेपानीको समस्या विकराल बन्दै गईरहेको हुदा यो अव्यवस्थाको अन्त्य गरी शुद्ध, सहज, स्थायी तथा तथा भरपर्दो खानेपानी व्यवस्थाका लागिअनुरोध गर्दछौं ।
८, बढ्दो जनघनत्वको साथसाथै बढेका सवारी साधनहरु संगै अव्यवस्थित पार्किङ्गको कारणले हुन सक्ने संभावित दुर्घटनाहरुलाई न्यूनिकरण गर्नको लागि तत्काल व्यवस्थित तथा सहज पार्किङ्गको व्यवस्थाका लागि बुटवल उपमहानगरपालिका समक्ष अनुरोध गर्दछौं ।
९, बुटवलको व्यवसायीक क्षेत्रको एक चुनौती तथा समस्याको रुपमा रहेको पार्किङ्ग व्यवस्थापनको लागि सिद्धार्थ राजमार्ग क्षेत्र तथा अन्य स्थानमा पार्किङ्ग क्षेत्रको रुपमा विकास गर्नुको साथै एक तर्फी सवारी आवागमन र सार्वजनीक क्षेत्र पहिचान गरी पार्किङ्ग व्यवस्थापनको लागि अनुरोध गर्दछौ ।
१०, बुटवल उपमहानगरपालिकाको अति नै व्यस्त ब्यापारीक स्थलका भित्री मार्गहरु निकै जिर्ण भइसकेको हुदा सो को मर्मत कार्य अबिलम्ब कार्यान्वयनको लागि सम्बन्धित पक्षहरु संग अनुरोध गर्दछु ।
११, बुटवलको बजार भित्र हुने चोरी, लुटपाटलाई रोकी शान्ति सुरक्षा कायम गर्नका शहरी क्षेत्रमा सिसिटिभी क्यामेरा राख्ने व्यवस्थापनको आवश्यक पहलको लागि अनुरोध गर्दछौ ।
१२, घरबाट निस्कने कुहिने फोहरलाई घरमा नै मल बनाउन प्रोत्साहन गर्दै कौशी खेती लगायत फोहर बिर्सजन खर्चमा कमी ल्याउने नीति लिनको लागि अनुरोध गर्दछौ । साथै बजार क्षेत्र हरियाली र सुन्दरीकरण कार्य संचालन गर्नका लागि अनुरोध गर्दछौ ।
१३, बुटवललाई स्वच्छ, हराभरा तथा प्रदुषण रहित शहरका रुपमा विकास गर्न धुलो व्यवस्थापन गर्ने मेशिनको व्यवस्था मिलाई डस्टविन राखी सरसफाईको व्यवस्था मिलाउने तथा प्रत्येक टोल टोलका पेटीहरुमा फूलका विरुवाहरुको रोप्ने व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकालाई अनुरोध गर्ने अनुरोध गर्दछौं ।
१४, बुटवल बजार भित्र सार्वजनिक स्थानहरुमा मोवाइल शौचालयको व्यवस्थापन मिलाउन बुटवल उपमहानगरपालिकामा अनुरोध गर्दछौं ।
१५, नेपाल सरकारले अनुरोध गरेको काली गण्डकी डाईभर्सन परियोजना संचालनको लागि अनुरोध गर्दछौ ।
१६, बुटवलको मुख्य बजार क्षेत्रको व्यवसायलाई सुदृढ र सवल बनाउन पार्किङ सुविधा र आवागमनमा सहज बनाउन बुटवल उपमहानगरपालिकासंग अनुरोध गर्दछौं ।
१७, बुटवलमा साइकलयात्रा प्रतिको बढ्दो प्रयोग,रुचि तथा आवश्यकता को कारण बुटवल उप– महानगरपालिका राजमार्ग तथा आन्तरिक सडक को दायां÷बांया तर्फ साइकल लेन ९ऋथअभि ीबलभ० निर्माण का लागि अनुरोध गर्दछौं ।
१८, बुटवलमा बढ्दो सवारी साधानका मुख्य सडकका बिभिन्न स्थान देखिने ट्रार्फिक जामलाई केही हदसम्म समाधानको लागि राजमार्ग चौराहा, मिलनचोक र जोगीकुटी चोकमा ट्राफिक लाइटको व्यवस्थापनको लागि अनुरोध गर्दछौ ।