मन्त्रीपरिषद बिस्तार बिरुद्ध सर्बोच्चको अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

1.3K

मन्त्रीपरिषद बिस्तार बिरुद्ध सर्बोच्चको अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको मन्त्रीपरिषद बिस्तार बिरुद्ध अन्तरिम आदेश गर्दै सर्बोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएको छ । सर्बोच्चले प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि गरेको मन्त्रीपरिषद बिस्तारलाई बदर गरिदिएको हो ।

प्रधानन्यायाधिश चोलेन्द्रसम्सेश जवरा र न्यायधिश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रीपरिषद बिस्तारलाई बदर गर्न अन्तरिम आदेश जारी गरेको हो । सर्बोच्चको यो आदेशसंगै २० मन्त्री पदमुक्त भएका छन् । प्रधामन्त्री ओलीले गत जेठ ७ मा संसद विघटन गरेपछि जेठ २१ मा उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित १० मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर उपप्रधानमन्त्री सहित १० मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यसमा एमालेका रघुबिर महासेठ र जनता समाजवादी पार्टीका राजेन्द्र महतोलाई उपप्रधानमन्त्री नियुक्त गरिएको थियो भने अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई समेत उपप्रधानमन्त्रीको जिम्मेवारी दिईएको थियो । त्यस्तै जेठ २७ मा प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्री परिषदलाई पूर्णता दिनुभएको थियो । सर्बोच्चले दुबै बिस्तारलाई बदर गरिदिएको हो ।

अब मन्त्रीपरिषदमा प्रधानमन्त्री ओली सहित अर्थमन्त्री पौडेल, कानुनमन्त्री लिलानाथ श्रेष्ठ, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ् मात्रै रहनेछन् ।

मन्त्रिपरिषदबाट पदमुक्त हुनेहरुमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ र राजेन्द्र महतो, मन्त्रीहरु खगराज अधिकारी, शरदसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ, राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशा कुमारी विक रहेका छन् ।