बुटवलमा कालिगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन

1.3K

बुटवलमा कालिगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन

अर्थ एबं गृहमन्त्री विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कालिगण्डकीको पानी तिनाउ नदिमा ल्याउनेगरी अगाडि बढाईएको ‘कालिगण्डकी–तिनाउ डाईभर्सन आयोजना’को शनिबार बुटवलका कार्यालय उद्घाटन गर्दै मन्त्री पौडेलले १५ वर्ष अगाडिको परिकल्पनाले मूर्त रुप लिन लागेको समेत बताउनु भयो ।
बुटवलको कालिकानगरमा स्थापना गरिएको कार्यालयले आगामी आर्थिक वर्ष भित्रमा परियोजनाको बिस्तृत प्रतिवेदन (डिपिआर)तयार गर्नेछ । यो कार्यालयको प्रमुख काम डिपिआर तयार गर्ने हो । आगामी आर्थिक वर्ष २०७८/७९ मा डिपिआरको काम सम्पन्न गरेर अर्कोवर्षदेखि निर्माणको काम सुरु हुने कार्यालय प्रमुख सन्तोष कैनीले बताउनु भयो । यस अगाडि नै पूर्व सम्भाव्यता अध्ययन भईसकेको छ ।
रुपन्देहीका जलस्रोतको आधार मानिएका तिनाउ नदिमा पानीको सतह घट्दै गएको छ । हिउदमा त पानी नै हुँदैन । तिनाउ नदिको सभ्यताको लागि पनि कालिगण्डकी तिनाउ डाईभर्सन महत्वपूर्ण मानिएको छ । उहाँका अनुसार परियोजना सम्पन्न भएपनि रुपन्देही र कपिलबस्तुलाई सिचाई सुविधा र १२६ मेघावाट विद्युत उत्पादन हुने छ ।
पूर्व–सम्भाव्यता अध्ययनले पाल्पा र स्याङ्जाको सिमाना राम्दी नदिको पुलभन्दा केही माथिबाट हेडबक्स बनाउनुपर्ने देखाएको थियो । यद्यपी गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यसको चर्को बिरोध गर्नुभएको थियो । त्यसैको कारण कालिगण्डकी–तिनाउ डाईभर्सन परियोजना अन्यौलमा थियो ।
आयोजनाका अनुसार २७ किलोमिटर सुरूङमार्फत दोभानमा १ सय मेघावाट विद्युत उत्पादन हुनेछ । दोभानमा जलासय निर्माण गरेर केही भाग पानी तिनाउ नदीमा बगाइनेछ भने दोभानबाट बुटवलको बेलवाससम्म ३ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत गृह निर्माण गरी २६ मेघावाट विद्युत उत्पादन गरिने छ । त्यसरी बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तु सम्म पुर्याएर सिंचाइका काममा प्रयोग गरिनेछ । करिव ९ मिटर चौडा सुरुङमार्गबाट प्रतिसेकेन्ड ८२ घनलिटर पानी तिनाउ नदिमा झर्नेछ ।