प्रतिनीधि सभा विघटन सम्बन्धी मुद्धामा निवेदकको पक्षबाट बहस सकियो

1.3K

प्रतिनीधि सभा विघटन सम्बन्धी मुद्धामा  निवेदकको पक्षबाट बहस सकियो

प्रतिनिधिसभा (संसद ) विघटन सम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा चार दिनसम्म ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । उक्त मुद्धामा पक्ष र विपक्ष दुबैलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो ।
सोही अनुसार निवेदक पक्षले पाएको १५ घण्टा मध्ये १२ घण्टा बहस गरेका छन् । बाँकी ३ घण्टा भने विपक्षिले बहस गरेपछि जवाफको लागि छुट्याईएको छ । त्यस्तै एमिकस क्युरीको लागि २ घण्टा समय छुट्याईएको छ ।