त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको कार दुर्घटनामा परी निधन भएको छ।
मंगलबार साझ बुटवलकाे चरंगेमा आफैले चलाएकाेे बा १७ च ६०६६ नम्बबरकाे कार दुर्घटनामा परेकाे हाेे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई समेत रहेका शंकरकाे पार्थिव शरीरलाई मंगलबार राती नै हेलिकोप्टरबाट काठमाडौं लागिएको थियो । बुधबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ।
समाजशास्त्रमा पीएचडी गरेका भण्डारी झन्डै डेढ दसकदेखि प्रध्यापनमा संलग्न हुनुहुन्थ्याे। त्रिबि अनुगमन निर्देशनालयको उपनिर्देशक समेत रहेर काम गरेका भण्डारी ४ बर्षसम्म त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा सह-नियन्त्रकको रुपमा काम गर्नु भएकाे थियाे ।