नेपाली कांग्रेस का युुवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष नैनसिंंह महरले डडेल्धुरा अस्स्पतालाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।
कोरोना भाईरसको संक्रमण वढिरहेकै वेला नेता महरले संघीय सरकारको मातहातमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सन्टेटर मेसिन, सिलिण्डार, मास्क, ग्लव्स, फेससिल्ड, अक्सिजन मास्क, अक्सोमिटर लगाएतका सामाग्री प्रदान गरेको डडेल्धुरा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनु भयो ।
अस्पताललाई नेता महरले गरेको सहयोगले कोरोना माहामारीको चपेटामा परेका विरामीलाई राहात पुग्ने अध्यक्ष ओझाले वताउनु भयो । नेपाली कांग्रेसका युवा नेता महरले सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।
मगंलवार मात्रै गृहजिल्ला डडेल्धुरा पुगेका कागं्रेस नेता महरले विभिन्न सघंसस्था र साथिभाईको सहयोग मार्फत उक्त रकमको जोहो गरि डडेल्धुरा अस्पताल आउने कोरोना विरामीको उपचारमा सहजता दिलाउनका लागि सामाग्री हस्तान्तरण गरेको वताउनु भयो ।
नेता महरले विभिन्न संघसंस्थाबाट संकलित अक्सिजन, सिलिण्डर, पिपिई, मास्क लगायत स्वास्थ्य सामग्रीहरु एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष अवस्थी र गन्यापधुरा गाउपालिका अध्यक्ष नवल मल्ललाई हस्तान्तरण गर्नुभएको हो ।