लायन्स क्लव अफ बुटवल युथमा पद हस्तान्तरण

749

लायन्स क्लव अफ बुटवल युथमा पद हस्तान्तरण

लायन्स क्लव अफ बुटवल युथमा नया कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि वर्ष २०२०/०२१ को कार्यसमितिले वर्ष २०२१/०२२ को लागि नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष जाकिर हुसेनले स्थापना भएको छोटो समयमा पनि क्लवको साख र प्रतिष्ठा माथि उठेको बताउँदै यो गरिमालाई अझै माथि उठाउने दायित्व नयाँ कार्यसमितिको भएको औंल्याउनु भयो । उहाँले क्लवले अगाडि सारेका कार्यक्रममा पूर्वअध्यक्षहरुको सधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै क्लवका सदस्यसहित पूर्व अध्यक्षहरुलाई साथमा लिएर हिंड्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा क्लवका नवनिर्वाचित अध्यक्ष हरिकृष्ण अधिकारीले क्लवमा सञ्चालित कार्यक्रम सहित प्रभावकारी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले क्लवले सञ्चालन गर्ने कार्यक्रममा पूर्ण सहयोगको लागि पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।
कोरोना भाईरस संक्रमणको महामारीका कारण प्रयाप्त कार्यक्रम गर्न नसकिएको बताउँदै क्लवका निवर्तमान अध्यक्ष कमलुद्धिन मियाँले विगतका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले क्लवका कार्यक्रममा आफ्नो पूर्ण साथ र सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै क्लवका पूर्व अध्यक्षहरु दिपकप्रसाद श्रेष्ठ, अशोक गुरुङ्, सचिव रबिन कार्की लगायतले शुभकामना व्यक्त गर्दै क्लवले गर्ने कार्यक्रममा आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।