लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेकी रायमाझीले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनु भएको हो ।
जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । सुमन सहित जसपाका ४ सांसदको समर्थनको कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो ।
