कालिगण्डकी–तिनाउ डाईभर्सनको बुटवलमै बिरोध प्रदर्शन

1.3K

कालिगण्डकी–तिनाउ डाईभर्सनको बुटवलमै बिरोध प्रदर्शन

कालिगण्डकी–तिनाउ डाईभर्सनको बिरोधमा शनिबार बुटवलमै प्रदर्शन गरिएको छ । कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय परियोजनाको कालिगण्डकी समुदायले बुटवलको अस्पताललाईनमा प्रदर्शन गरेको हो । कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय परियोजना सभ्यता बिरोधी भएको र यसले पर्यावरण विगार्ने भन्दै विरोध गरिएको समाजका पुष्प ढकालले बताउनु भयो ।
स्याङ्जाको कालिगण्डकी आसपासका स्थानीय समेत रहेका हाल बुटवल तिनाउ आसपासमा बसोबास गर्नेहरुले कालिगण्डकी सरोकार समुदाय बनाएका छन् । कालिगण्कीलाई तिनाउमा डाईभर्सन गरिए कालिगण्डकी र तिनाउ नदिको समय तल्लो तटिय क्षेत्रमा नकारात्मक असर गर्ने भन्दै परियोजना खारेजीको माग समेत गरिएको हो । परियोजनाको बुटवलमा कार्यालय स्थापना भएसंगै गण्डकी प्रदेशमा यसको तिब्र बिरोध भएको छ ।