नेपाल बिद्युत प्राधिकरणले छुट बिलका नाममा उद्योगीले मागै नगरेको र प्रयोग नै नभएको भनिएको ट्रक लाइन बापतको बिद्युत महशुल बुझाउन ताकेता गरेपछि बुटवल–भैरहवा करिडोरका उद्योगीहरु फेरी आन्दोलित भएका छन । प्राधिकरणले सो करिडोरका २३ वटा ठुला उद्योगलाइ २०७२ भदौ देखि २०७६ मंसिर सम्मको ट्रकलाइन बापतको छुट बिल यही असार मसान्त सम्ममा चुक्ता गर्न ताकेता गरेको छ ।वक्यौता रकम अथवा सो उपरको जरिवाना असार मसान्त भित्र नबुझाए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ ।
तर उद्योगीहरुले भने आफुहरुले प्रयोगै नगरेको बिद्युतको महशुल तिर्न नसक्ने भन्दै प्राधिकरणलाइ लाइन काटेर देखाउन चुनौती दिएका छन । करिडोरका उद्योगीहरुले आइतबार मंगलापुरमा पत्रकार सम्मेलन गरी आफुहरुले माग्दै नमागेको टं«क लाइनको महशुल नतिर्ने भन्दै जबरजस्ती गरीए उद्योग बन्द गरेर तालचावी प्राधिरकणलाइ नै बुझाइदिने चेतावनी दिएका हुन । व्यवसायिक संघसंगठनहरुले पनि उद्योगीहरुको भनाइमा ऐक्यबद्धता जनाउँदै प्राधिकरणको ज्याजती बिरुद्ध करिडोरका उद्योगीसंगै सडकमा ओर्लीने बताएका छन ।
करिडोरका ६ वटा उद्योगले २०७२ देखि र १७ वटा उद्योगले २०७५ देखि ट्रकलाइन प्रयोग गरेबापतको करिब ४० करोड वक्यौता रहेको प्राधिकरणको दावी छ ।प्राधिकरणले २०७६ को फागुनमा आएर छुट बिलको नाममा करिडोरका उद्योगहरुलाइ चार बर्ष अघिको वक्यौता तिर्न ताकेता गर्दै पत्र पठाएको थियो । त्यसयता उद्योगीहरु सम्बन्धित मन्त्रालय,प्राधिकरणको क्षेत्र,प्रदेश र केन्द्रिय कार्यालयहरुमा पटक पटक डेलिगेशन गएका छन । उद्योगीको भेटमा यसअघिका अर्थमन्त्री,उर्जामन्त्री सहित प्राधिकरणका क्षेत्र र प्रदेशका अधिकारीहरुले समेत उद्योगीहरु साच्चिकै अन्यायमा परेको र छुट विलका नाममा प्रयोगै नगरेको शुल्क तिर्नु नपर्ने आश्वासन दिएका थिए । जसका कारण उद्योगीहरु सौहार्दपूर्ण रुपमा समस्या समाधान हुने अपेक्षामा थिए ।
तर अहिले प्राधिकरणले तोकीएको समयमा वक्यौता चुक्ता नगरे कानुन बमोजिम कारबाही गर्ने पत्र पठाएपछि आन्दोलनको तयारीमा जुट्नु परेको करिडोरका पुराना उद्योगी चन्द्रमान श्रेष्ठले बताउनु भयो । करिडोरका उद्योगहरुले ट्रंक लाइनका सम्बन्धमा प्राधिकारणसंग कुनै माग वा सम्भौता पनि नगरीएकाले थप रकम बुझाउन नसक्ने उहाँले बताउनु भयो । ‘हामीले माग्दै नमागेको ट्रक लाइन कहिले जोडीयो । किन जोडीयो ?’ । यदी ट्रक लाइन मार्फत बिद्युत दिइएको भए त्यतीबेला किन जानकारी गराइएन ? । किन त्यतीबेला ट्रक लाइन बापतको महशुल मागिएन’तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत रहेका श्रेष्ठले भन्नु भयो । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बिद्युत प्राधिकरणको बदमासीका कारण उद्योगीहरु मारमा परेको भन्दै प्रयोगै नगरेको टं«कलाइनको महशुल नतिर्ने बताउनु भयो ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले ट्रंकलाइन माग नै नगरेका उद्योगीबाट प्राधिकरणले जबरजस्ती रकम अशुल्न नमिल्ने बताउनु भयो । अन्यायमा पार्न खोजीएका उद्योगीका जायज मागलाइ सरकार र सम्बन्धित निकायले छिटो सम्बोधन गर्नु पर्ने भन्दै उनले अन्यथा सडक संघर्षमा उत्रनुको बिकल्प नरहेको बताउनु भयो । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठलेप्राधिकरणका कर्मचारीले गरेका गल्ती कमजोरीको सोधभर्ना उद्योगीले गर्न नसक्ने बताउनु भयो ।
करीडोरका अर्का उद्योगी नवराज श्रेष्ठले बिगत ४० बर्षदेखि साधारण लाइनबाटै निर्वाध रुपमा संचालन भइरहेका करीडोरका उद्योगीहरुमाथि प्राधिकरणले ट्रक लाइनको बहानामा ज्याजती गरेको बताउनु भयो । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले उद्योगी व्यवसायीलाइ आतंकित पार्ने प्राधिकरणको नियत बिरुद्ध सडकमा जानुको बिकल्प नभएको बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कशजुले कोरोनाको महामारीले थला परेको उद्योग क्षेत्रलाइ सहयोग गर्नुको साटो छुट बिलका नाममा थप रकम अशुलेर आतंकित पार्न खोजीएको बताउनु भयो । सिदार्थनगर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष कुलप्रसाद न्यौपानेले प्राधिकरणले ट्रकलाइन मार्फत बिद्युत आपुर्ती भएको भनिएको समयमा करिडोरका उद्योगहरुले दैनिक १८ घण्टा सम्म लोडसेडिङ र ट्रिपिगं समस्या झेलेको बताउनु भयो । तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारी र सिद्धार्थनगर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुर कुमारश्रेष्ठ र करिडोरका उद्योगी यशोधा फुड्सका प्रबन्ध निर्देशन मधुसुधन घिमिरेले छुट बिलको नाममा प्राधिकरणले करीडोरका उद्योगहरुलाइ आतंकित बनाएको बताउनु भयो ।
प्राधिकरणले अवैध रकम अशुल्न खोजेको भन्दै उनीहरुले प्राधिकरण भित्रै छानबिन गरी बदमासी गर्नेलाइ कारबाहीको दायरामा ल्याउनु पर्ने माग पनि गरेका छन। बिद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले भने तत्कालिन विद्युत महशुल विनीयमावली अनुरुप एउटा सव स्टेशनदेखि अर्को सवस्टेशनको बिचमा बिद्युत आपूर्ति भएका उद्योगलाइ टं«क लाइन अन्तर्गत राखीएकाले सोही अनुरुप विलिङ गरीएको बताउनु भयो । प्राधिकरणले पठाएको छुट बिल अनुसार करिडोरको एउटा उद्योगलाइ प्रति महिना ५० देखि ७०लाख सम्म अतिरिक्त भार पर्ने बताइएको छ । सबैभन्दा धेरै पञ्चकन्या ग्रुपको मात्रै करिब २० करोड छुट बिल प्राधिकरणले पठाएको छ । झाका अनुसार भैरहवा बितरण केन्द्र अन्तर्गत टं«क लाइनको ९० करोड वक्यौता छ ।