विचाराधिन मुद्दालाई प्रभावित पार्न निर्वाचन कार्यतालिका : काँग्रेस

479

विचाराधिन मुद्दालाई प्रभावित पार्न निर्वाचन कार्यतालिका : काँग्रेस

सर्बोच्चमा बिचाराधिन मुद्धालाई प्रभावित पार्नको लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । आयोगले मुद्धालाई प्रभावित पार्ने नियतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै काँग्रेसले निर्वाचन आयोग वालुवाटारको प्रभावमा परेको आरोप लगाएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय व्यवस्थामा राष्ट्रिय मान्यताप्राप्त दलसँग परामर्श गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरेको परम्परा विपरीत आयोगले बालुवाटारको प्रभावमा काम गरेको आरोप लगाउनु भयो । संसद विघटन सम्बन्धि मुद्धा अदालतमा बिचाराधिन हुँदाहुँदै आयोगले कार्यतालिका घोषणा गर्नु सन्देहपूर्ण रहेको बताउँदै प्रवक्ता शर्माले निर्वाचनको तयारी अगाडि बढिसक्यो भनेर संवैधानिक इजलासलाई प्रभावित पार्ने काम भएको बताउनु भयो ।
सोमबार आयोजले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । जस अनुसार असार ३१ देखि १५ साउनसम्म दल दर्ताको समय तोकिएको छ । कात्तिक २६ हुने पहिलो चरणको निर्वाचनका लागि असोज २१ देखि असोज २६ सम्म निर्वाचन कार्यक्रम बनाएको छ । त्यस्तै आयोगले मंसिर ४ गतेको निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्म निर्वाचन कार्यक्रम बनाएको छ । भदौ २३ गते अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।