स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैंया पैसा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी वेलहीयाको टोलीले आज (मंगलबार) दिउँसो पौने २ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाईपासबाट सिद्धार्थनगर नगरपालिका वडा नं. १ रुपन्देहीका २१ वर्षीय विनय कलवार र उत्तरप्रदेश नौतनवा भारतका अन्दाजी ३५ वर्षीय सुरज गौणलाई प्रहरीले पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा लु २१ प २२१२ नम्बरको स्कुटीमा सवार उनीहरुलाई पक्राउ गरिएको र उक्त स्कुटी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पछि प्रहरीले उनीहरुलाई उक्त रकम र स्कुटी सहित आवश्यक कारवाहीको लागि मंगलबार नै राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।