मूल्य वृद्धि गरेकाे दुई साता नपुग्दै सरकारले इन्धनमा फेरि मूल्य वृद्धि गरेकाे छ ।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।
त्यस्तै खाना बनाउने एलपि ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैया वृद्धि गरेकाे छ । अब खाना बनाउने एलपि ग्याकाे मूल्य १ हजार ४२५ पुगेकाे छ । त्यस्तै हवाइ इन्धनमा पनि २ रुपैया मूल्य बढाएकाे छ ।