पाल्पामा पहिरोले घर वगाउँदा एकजनाको मृत्यु, वालक वेपत्ता

1.3K

पाल्पामा पहिरोले घर वगाउँदा एकजनाको मृत्यु, वालक वेपत्ता

पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ मा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ । पहिरोले ६ घर बगाएको छ । पहिरोमा परि एक बालक वेपत्ता भएका छन् भने ७ जना घाईते भएका छन् ।
पहिरोले घर बगाउँदा तिनाउ गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय बीरबहादुर गुरुङको मृत्यु भएको हो । त्यस्तै सोही ठाउँकी पुजा परियारका ४ वर्षीय छोरा वेपत्ता भएको स्थानीयलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । वर्षाले गर्दा ठाउँठाउँमा पहिरो गएका कारण प्रहरी पनि घटनास्थलमा पुग्न सकेको छैन ।
पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ । पाल्पाको बुटवल पाल्पा सडक खण्डमा पर्ने दोभान आसपासका सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेल बाटो अवरुद्ध भएको छ ।