पाँच किलो गाँजा सहित दुईजना पक्राउ

580

पाँच किलो गाँजा सहित दुईजना पक्राउ

नेपालमा प्रतिवन्धित पाँच किलो गाजा सहित प्रहरीले रुपन्देहीबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार परासी–भैरहवा सडकमा पर्ने रुपन्देहीको रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ३ बाट पाँज किलो गाँजा सहित सिद्धार्थनगरपालिका वडा नं. ८ का २९ वर्षीय रोहित जयसवाल र सोही स्थानका २७ वर्षीय रबिन गुरुङलाई बुधबार अपरान्ह ४ बजेको समयमा पक्राउ गरिएको हो ।
परासीबाट भैरहवातर्फ जाँदै गरेको लु ३१ प २५३३ नम्बरको स्कुटी चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धकधईको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपसार मुद्धामा अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।

सच्याईएको छ ।