अवरुद्ध बुटवल–पाल्पा सडक सञ्चालन

656

अवरुद्ध बुटवल–पाल्पा सडक सञ्चालन

पहिरोका कारण बिहिबारदेखि अवरुद्ध भएको बुटवल–पाल्पा सडक सञ्चालनमा आएको छ । बुधबार रातीदेखि परेको वर्षाका कारण सडकका सिद्धबाबा, झुम्सा लगायतका स्थानमा पहिरो गएको थियो । पहिरोका कारण बिहिबार बिहानै देखि यातायात अवरुद्ध भएको थियो ।
सडकमा खरेको पहिरो फालेपछि शुक्रबार दिउँसो करिव १ बजेदेखि यातायात सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपालले बताउनु भयो । सडकमा ठूला–ठूला ढुंगा समेतको पहिरो आएका कारण पहिलो फाल्न समय लागेको हो ।