सरकारको बचाउ गर्दै अनेरास्ववीयूको प्रदर्शन

1.1K

सरकारको बचाउ गर्दै अनेरास्ववीयूको प्रदर्शन

सरकारको बचाउ गर्दै प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपि ओली पक्षीय बिद्यार्थीले बुटवलमा प्रदर्शन गरेको छन् । राजनीतिक निकासको लागि ताजा जनादेश अपरिहार्य रहेको भन्दै सत्तारुढ दल एमालेको भातृ संगठन अनेरास्ववीयूले बुटवल बहुमुखि क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उनीहमरुले वी वान्ट इलेक्सन (हामी निर्वाचन चाहन्छौं), पेट्रोलियम पदार्थको मुल्य बृद्वि फिर्ता गर, बहुदलीय लोकतान्त्रिक प्रणाली माथीको आक्रमण स्वीकार्य छैन, बिद्यार्थी र शिक्षकलाई खोप दिई पढाई, परीक्षा र शैक्षिक सत्र सूचारु गर लगायतका नारा लेखिएका प्ले कार्ड लिएका थिए ।
संगठनको केन्द्रीय कार्यक्रम अनुसार अनेरास्ववीयूले बुटवलमा पनि प्रदर्शन गरेको हो । उनीहरुले वी वान्ट इलेक्सन लेखिएको प्ले–कार्ड लिएका थिए । काँग्रेस, माओवादी सहितको विपक्षी गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् ।
प्रदर्शनमा अनेरास्ववीयूका केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेल, बालकृष्ण पाण्डे, रुपन्देही जिल्ला संयोजक साजन भण्डारी लगायतका बिद्यार्थी सहभागि थिए ।