लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा बस्याल

1.3K

लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा बस्याल

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा श्रीधर बस्याललाई चयन गरिएको छ । बुटवल एक कार्यक्रमका बिच वर्ष २०२१/०२२ नवनिर्वाचित अध्यक्ष बस्याललाई क्लवका संस्थापक अध्यक्ष भेषराज पोख्रेलले पद हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रमा स्पोन्सर क्लब लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष सन्तोष सिमांगैडा, निवर्तमान अध्यक्ष यदुमणी पाख्रेल, डिष्ट्रक कोषाध्यक्ष गोविन्द बन्जाडे, स्पोन्सर क्लब, एरिया ४ का चिफ सुमन अधिकारी, एरिया ४ का कोचिफ सन्तोष खरेललगाएतले भनाई सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी क्लबले स्थापना वर्षमै धेरै सामाजिक क्रियाकलापमा अग्रसर हुनुले क्लबको छुट्टै पहिचान बनाउनुका साथै अन्य क्लबको लागि पनि प्रेरणादायी क्लब बन्नेमा निश्वस्त हुँदै शुभकामना समेत दिएका थिए । पद हस्तान्त्रण गर्ने क्रममा क्लबका क्लबका संस्थापक अध्यक्ष पोख्रेलले २०२०/२१ मा गरिएका २२ वटा सामाजिक कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो । कोषाध्यक्ष सुनिल कुँवरले आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । यसैगरी संस्थापक अध्यक्ष पोख्रेलले क्लबलाई यहाँसम्म ल्याउनको लागि साथ र सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस अवसरमा क्लबमा उत्कृष्ट काम गर्ने सदस्यलाई अवार्डद्वारा सम्मान गरिएको थियो भने क्लबका संस्थापक सदस्यलाई संस्थापक सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष बस्यालले क्लबलाई आफ्नो कार्यकालमा अझ गतिशिल बनाउनमा कुनैपनि कसर बाँकी नराख्ने र स्थापना वर्षमा भन्दापनि धरै रचनात्मक कार्यहरु गदै क्लबको उचाईलाई माथी उठाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रम मिडिया डाइरेक्टर जिवन थापा क्षेत्री र नव निर्वाचित सचिव महेश ज्ञवालीको सञ्चालनमा भएको थियो ।