नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबोच्च अदालतको फैसला ऐतिहासिक भएको बताउँदै संविधान विपरित चालिएका कदमलाई सच्याएको प्रतिक्रिया दिनुभएको छ ।
प्रतिनीधि सभा (संसद) विघटन बिरुद्धको रिटमा प्रधानन्यायाधिश समेतको ५ सदस्यीय संवैधानिक ईजलासले संसद विघटनलाई बदर गर्नुको साथै आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिएपछि प्रतिक्रिया दिँदै उहाँले सर्बोच्चको फैसला ऐतिहासिक भएको बताउनु भएको हो । उहाँले अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताउनु भयो ।
सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । उहाँले संसद विघटन बिरुद्धको गठबन्धनमा रहेका दलहरुसंग छलफल र गरेर सरकार गठन हुने पनि बताउनु भयो । संसद विघटन गर्ने सर्बोच्च अदालतको फैसलासंगै विपक्षी गठबन्धनको बैठक बस्दैछ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ ।
आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।