सर्बोच्च अदालतको फैसलालाई जीतहारको विषय नबनाउन नेपाली काँग्रेसले अपिल गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार एक बिज्ञप्ती जारी गर्दै फैसलालाई जीतहारको रुपमा नभई लोकतन्त्र, लोकतान्त्रिक संविधान तथा समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्ने उल्लेख गर्नुभएको छ ।
सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको भन्दै देउवाले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको औंल्याउनु भएको छ ।