प्रतिनीधि सभा पुनःस्थापनाको बिरोधमा बुटवलमा प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा एमालेको भातृ संस्था युवा संघले संसद पुनःस्थापनाको बिरोध गर्दै परमादेश खारेजीको समेत माग गरेको हो ।
सर्बोच्च अदालतले प्रतिनीधि सभा पुनःस्थापना गरेपछि विपक्षी गठबन्धन सहित एमालेको असन्तुष्ट पक्षले अदालतको आदेशको स्वागत गरेका छन् भने सत्तारुढ दल एमालेले सर्बोच्चको उक्त आदेशप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
सर्बोच्चले संसद पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई सरमादेश गरेको छ । त्यसको बिरोधमा सत्तारुढ एमालेको भातृसंगठन युवासंघले बुटवलको राजमार्ग चौराहामा प्रदर्शन गरेको हो ।
संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउने सर्बोच्चको फैसलाको स्वागतमा बुटवलमै साँझ दीपावलीको तयारी गरिएको छ । विपक्षी गठबन्धनले अदालतको फैसलाको स्वागतमा साँझ ७ बजे बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन गर्ने तयारी भएको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले जानकारी दिनुभयो ।