एमाले नेता नेपाल विपक्षी गठबन्धनबाट बाहिरिए

438

एमाले नेता नेपाल विपक्षी गठबन्धनबाट बाहिरिए

संसद विघटन मुद्धामा संगसंगै संघर्ष गरेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ५ दलीय गठबन्धनबाट बाहिरिने संकेत गर्नुभएको छ । सर्बोच्च अदालतले संसद पुनस्थापना सहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेपछि बसेको विपक्षी गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता नेपालले गठबन्धनबाट बाहिरिने संकेत गर्नुभएको हो ।
उहाँले पार्टीमा एकताको प्रयास भईरहेको भन्दै पार्टी एकताको निम्ति एकखाले सहमति भएको र त्यसले परिस्थिती बदलीएको बताउनु भएको हो । अव उक्त सहमतिलाई अध्यक्ष ओलीले कुन ढंगले लागु गर्ने हो, सोही अनुसार गठबन्धनमा रहने नरहने निश्चित हुने बताउनु भएको हो ।
काँग्रेस, माओवादी केन्द्र, जसपा र एमाले नेपाल समुहका २६ गरि १४९ सांसदको हस्ताक्षर सहित बहुमत पु¥याएर काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पनि आफ्नो बहुमत रहेको दावी गर्नुभएको थियो । तर राष्ट्रपतिले दुबैको दावी अस्वीकार गरि सरकारको सिफारिसमा संसद विघटन गर्नुभएको थियो ।
संसद विघटन पछि काँग्रेस सभापति देउवा सहित १४६ सांसद संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गर्दै सर्बोच्चमा गएका थिए । त्यसमा पनि नेपाल समुहका २३ सांसद थिए । तर संसद पुनःस्थापना भएकै दिन नेपाल समुह गठबन्धनबाट अलग भएको छ ।