काँग्रेसबाट खाँण र कार्की तथा माओवादी केन्द्रबाट शर्मा र भुसाल मन्त्री बन्ने

1.3K

काँग्रेसबाट खाँण र कार्की तथा माओवादी केन्द्रबाट शर्मा र भुसाल मन्त्री बन्ने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बन्ने मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने हुनु भएको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीको सपथसंगै मन्त्रीहरुको पनि सपथको तयारी भएको छ ।
पार्टीको सिफारिसमा नेपाली काँग्रेसबाट प्रमुख सचेतक समेत रहेका खाँणलाई गृह र कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रिको जिम्मेवारी दिईने बताईएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने भएको छ । पार्टीको बैठकले दुई नेतालाई सरकारमा पठाउने निर्णय गरेको हो । जसअनुसार शर्मालाई अर्थ तथा भुसाललाई उर्जा, सिचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिईनेछ ।
तर जनता समाजवादी पार्टीले भने आज मन्त्रीको नाम नपठाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्रै मन्त्री चयन गर्ने निर्णय गरेको हो । बैठकले गठबन्धनको सरकारलाई संसदको पूर्णकालसम्म टिकाउन अधिकतम प्रयास गर्ने समेत निर्णय गरेको छ ।