नियुक्ति सच्चिएपछि देउवाले लिए सपथ

502

नियुक्ति सच्चिएपछि देउवाले लिए सपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरिएको नियुक्त सच्याएपछि सपथ लिनु भएको छ । नियुक्ति नसच्याए सपथ नलिने अडान लिनुभएका देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएपछि सपथ लिनुभएको हो । देउवाको अडानको कारण साँझ ६ बजे निर्धारण गरिएको सपथग्रहण समारोह करिव साढे ८ बजे भएको थियो ।
राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनु भएको हो । मंगलबार साँझ सितलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगर सर्बोच्चको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको व्यहोरा राखेपछि देउवाले नियुक्ति नसच्याए सपथ नलिने अडान लिनु भएको थियो । त्यसै कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो ।


नवनियुक्त प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसका बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ भने माओवादी केन्द्रका जनार्दन शर्मालाई अर्थ तथा पम्फा भुसाललाई उर्जा, जलस्रोत तथा सिचाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त ४ मन्त्रीले पनि मंगलबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।