नेकपा एमालेका अध्यक्ष केपि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नभएको बताउनु भएको छ । नेता नेपालले आफ्नो सरकार ढाल्न अगुवाई गरेको भन्दै अध्यक्ष ओलीले क्षमा दिन नसकिने बताउनु भएको हो ।
बुधबार सरकारी निवास छोडेर बालुवाटार पुगेपछि कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई जालझेल गरेर हटाईएको र त्यसको नेतृत्व नेता नेपालले गरेको आरोप लगाउनु भयो । उहाँले माधव नेपालले गल्ती महसुस गरेर आत्मालोचना गरेपनि ठाउँ नभएको बताउँदै पछि लाग्नेहरुले भने गल्ती स्वकार गरी आत्मालोचना गरेर आए मौका दिईने बताउनु भयो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा सितलनिवास नपुग्दै नेता नेपाल पुगेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो–‘माधव नेपाल जस्ता गद्दारलाई क्षमा गर्न सकिन्न ।’